नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


  

  • बजार अनुगमनलाई निरन्तरता २०७४-६-७

    आज मिति २०७४ साल असोज ०७ गते शनिवारकाका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. ७ को भोर्ले बजार, वडा नं. ६ को सरौंखोला तथा हुवास बजार र वडा नं. ४ को हुवास बजारमा रहेका करिब ३० वटा पसल, उद्योग, फार्मको इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोलीले स्थलगत अनुगमन गरी देखिएका कैफियतलाई जनताको वृहत्तर हितलाई ध्यानमा राखी तत्कालै सुधार गर्न निर्दशन गरियो ।

  • बजार अनुगमन २०७४-६-३

    आज मिति २०७४ साल असोज ०३ गते संविधान दिवसका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. २, त्रिवेणी, अर्थुङ्ग, डुँड, वडा नं. ४, हुवास र वडा नं. 6, सरौंखोलाको हुवास बजारमा रहेका करिब ५५ वटा पसल, उद्योग, फार्मको स्थलगत अनुगमन गर्न इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका नि.प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका हुवास प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोली गएकोमा देहायका कैफियत ‌औंल्याई सम्पूर्ण सर्व साधारणको हितलाई मध्यनजर गर्दै तत्कालै सुधारका लागि निर्देशन गरियो ।   कैफियतहरु केही…

  • विपद व्यवस्थापन सामाग्री हस्तान्तरण २०७४-५-७

    इलाका प्रशासन कार्यालयय, हुवास, पर्वतको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, पर्वतको सिफारिसमा क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्र विपद व्यवस्थापन शाखा, पोखराबाट मिति २०७४ साल भाद्र ६ गते पैंयू गाउँपालिका वडा नं. ४ निवासी समाज सेवी श्री लालबहादुर प्रधान हस्ते लाईफ ज्याकेट ५ थान, हेलमेट ५ थान, रबर ट्यूब १ थान, इमरजेन्सी लाईट २ थान, ग्लोब्स ५ जोडी, स्टेचर २ थान र रबर बुट ५ जोडी जस्ता विपद व्यवस्थापन सामाग्री प्राप्त भएकोमा मिति २०७४ साल भाद्र ७ गते इलाका प्रहरी कार्यालय, हुवास, पर्वतलाई हस्तान्तरण गरियो । पर्वतको दक्षिणी भागमा अवस्थित हुवास इलाका बाढी,  पहिरो लागयत प्राकृतिक विपदका हिसाबले उच्च रहेको हुँदा…

  • इलाकास्तरीय कार्यालय प्रमुखको वैठक सम्पन्न २०७४-४-३२

    मिति २०७४ साल श्रावण ३२ गते दिउँसो ३.०० बजे इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको सभाकक्षमा इलाका प्रशासन कार्यालयका प्रमुखको अध्यक्षतामा यस इलाकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख, इलाका वन कार्यालयका सहायक वन अधिकृत,  इलाकास्तरीय सेवा केन्द्र एवं कार्यालय प्रमुखको सहभागीतामा वैठक सम्पन्न भई आ-आफ्नो कार्यालयको वारेमा एक आपसमा परिचय गराउने, आफ्नो अनुभव आदान प्रदान गरिनुका साथै प्रत्येक महिनाको २७ गते नियमित वैठक बस्ने, कार्यालय समयको पूर्णरुपमा पालना गर्ने,  पोशाक र परिचय पत्र अनिवार्य गर्ने,  बिदा बस्दा प्रशासनलाई जानकारी गराउने, बिदा र काज स्वीकृत गराएर मात्र बिदा र काजमा बस्ने, मासिक/चौमासिक कार्य प्रगती विवरण पेश गर्ने र सम्पूर्ण कार्यालय बीच समन्वय गरी…

  • परिचयात्क कार्यक्रम सम्पन्न २०७४-३-९

    मिति २०७४ साल असार ९ गते दिउँसो १ बजे ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतको कार्यालय कक्षमा यस कार्यालयका प्रमुख र मुख्य दलका जिल्लास्तरका पार्टी प्रमुख एवं प्रतिनिधीसँग परिचयात्क कार्यक्रम सम्पन्न भई आ-आफ्नो तर्फबाट सहकार्य गर्दै जनताको सेवामा  समर्पित भै सहजरुपमा कार्य सुचारु गर्न एक आपसमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरियो।

  • कार्यालय प्रमुखद्वारा पदवहाली २०७४-३-८

    यस ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतका कार्यालय प्रमुख (शाखा अधिकृत), श्री गंगबहादुर थापाले मिति २०७४ साल असार ८ गतेदेखि पदवहाल गरी सेवा सुचारु गर्नु भएको छ । लामो समयदेखि प्रमुख विहिनताले गर्दा हुवासवासीहरु लामोदुरीको यात्रा गरी नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिसका लागि पनि पर्वत जिल्लाको सदरमुकाम कुश्मामा गई सेवा लिन बाध्य भएकोमा प्रमुख जिल्ला अधिकारीज्यूद्वारा मिति २०७४ साल असार ८ गते आफूमा निहीत अधिकार मध्येका अधिकार प्रत्यायोजन भै मिति २०७४ साल असार ११ गतेदेखि यस ईलाकाको कार्यक्षेत्र भित्र पर्ने बिहादी गाउँपालिकाको वडा नं. १, साविकको बाच्छा बाहेक सबै, पैंयू गाउँपालिका सबै र महाशिला गाउँपालिका वडा नं. ६, साविक…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय