नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


परिचय

ईलाका प्रशासन कार्यालयको परिचय

धौलागिरी अञ्चल, पर्व जिल्लाको दक्षिणी भेगको पैंयू गाउँपालिका वडा नं. ४ , हातेमालो चोकमा अवस्थित ईलाका प्रशासन कार्यालय मिति २०७३ साल श्रावण ३ गते प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूद्वारा समुद्घाटन भई सेवा शुभारम्भ भएको हो । यस कार्यालयले बिहादी गाउँपालिकाको वडा नं. १, साविकको बाच्छा बाहेक सबै, पैंयू गाउँपालिका सबै र महाशिला गाउँपालिका वडा नं. ६, साविक फलामखानी बाहेक सबै (साविकको १६ गा.वि.स.हरु-हुवास, त्रिवेणी, शालिग्राम, टकलाक, होश्राङ्गदी, उरामपोखरा, भोर्ले, बेउलीवास, वहाकीठाँटी, सरौंखोला, भोक्सिङ्ग, बालाकोट, रानीपानी, बर्राचौर, लुंखुदेउराली र पाखापानी ) मा बसोबास गर्ने बासिन्दालाई सहजरुपमा छिटो छरितो तवरले नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिस र ईलाका प्रशासन कार्यालयबाट हुने भनी कानूनले तोकिदिएका कार्य र नेपाल सरकार एंव प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्य गर्न नेपाल सरकारले स्थापना गरेको हो ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय