नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


कार्यालय प्रमुखद्वारा पदवहाली

यस ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतका कार्यालय प्रमुख (शाखा अधिकृत), श्री गंगबहादुर थापाले मिति २०७४ साल असार ८ गतेदेखि पदवहाल गरी सेवा सुचारु गर्नु भएको छ । लामो समयदेखि प्रमुख विहिनताले गर्दा हुवासवासीहरु लामोदुरीको यात्रा गरी नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिसका लागि पनि पर्वत जिल्लाको सदरमुकाम कुश्मामा गई सेवा लिन बाध्य भएकोमा प्रमुख जिल्ला अधिकारीज्यूद्वारा मिति २०७४ साल असार ८ गते आफूमा निहीत अधिकार मध्येका अधिकार प्रत्यायोजन भै मिति २०७४ साल असार ११ गतेदेखि यस ईलाकाको कार्यक्षेत्र भित्र पर्ने बिहादी गाउँपालिकाको वडा नं. १, साविकको बाच्छा बाहेक सबै, पैंयू गाउँपालिका सबै र महाशिला गाउँपालिका वडा नं. ६, साविक फलामखानी बाहेक सबै (साविकको १६ गा.वि.स.हरु) का बासिन्दा पूर्णरुपमा लाभान्वित हुने छन ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय