नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


इलाकास्तरीय कार्यालय प्रमुखको वैठक सम्पन्न

मिति २०७४ साल श्रावण ३२ गते दिउँसो ३.०० बजे इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको सभाकक्षमा इलाका प्रशासन कार्यालयका प्रमुखको अध्यक्षतामा यस इलाकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख, इलाका वन कार्यालयका सहायक वन अधिकृत,  इलाकास्तरीय सेवा केन्द्र एवं कार्यालय प्रमुखको सहभागीतामा वैठक सम्पन्न भई आ-आफ्नो कार्यालयको वारेमा एक आपसमा परिचय गराउने, आफ्नो अनुभव आदान प्रदान गरिनुका साथै प्रत्येक महिनाको २७ गते नियमित वैठक बस्ने, कार्यालय समयको पूर्णरुपमा पालना गर्ने,  पोशाक र परिचय पत्र अनिवार्य गर्ने,  बिदा बस्दा प्रशासनलाई जानकारी गराउने, बिदा र काज स्वीकृत गराएर मात्र बिदा र काजमा बस्ने, मासिक/चौमासिक कार्य प्रगती विवरण पेश गर्ने र सम्पूर्ण कार्यालय बीच समन्वय गरी जन अपेक्षा अनुरुप नियमानुसार कार्य गर्ने गराउने निर्णय भयो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय