नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


विपद व्यवस्थापन सामाग्री हस्तान्तरण

इलाका प्रशासन कार्यालयय, हुवास, पर्वतको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, पर्वतको सिफारिसमा क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्र विपद व्यवस्थापन शाखा, पोखराबाट मिति २०७४ साल भाद्र ६ गते पैंयू गाउँपालिका वडा नं. ४ निवासी समाज सेवी श्री लालबहादुर प्रधान हस्ते लाईफ ज्याकेट ५ थान, हेलमेट ५ थान, रबर ट्यूब १ थान, इमरजेन्सी लाईट २ थान, ग्लोब्स ५ जोडी, स्टेचर २ थान र रबर बुट ५ जोडी जस्ता विपद व्यवस्थापन सामाग्री प्राप्त भएकोमा मिति २०७४ साल भाद्र ७ गते इलाका प्रहरी कार्यालय, हुवास, पर्वतलाई हस्तान्तरण गरियो ।

पर्वतको दक्षिणी भागमा अवस्थित हुवास इलाका बाढी,  पहिरो लागयत प्राकृतिक विपदका हिसाबले उच्च रहेको हुँदा विपद व्यवस्थापनलाई व्यवस्थित गर्न र जोखिमरहित तवरले विपदको सामना गर्न पोखराबाट प्राप्त सामाग्री ज्यादै नै उपयोगी हुनुको साथै हुवासीवासी उक्त कदमको स्रहना गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दछन् ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय