नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


बजार अनुगमन

आज मिति २०७४ साल असोज ०३ गते संविधान दिवसका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. २, त्रिवेणी, अर्थुङ्ग, डुँड, वडा नं. ४, हुवास र वडा नं. 6, सरौंखोलाको हुवास बजारमा रहेका करिब ५५ वटा पसल, उद्योग, फार्मको स्थलगत अनुगमन गर्न इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका नि.प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका हुवास प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोली गएकोमा देहायका कैफियत ‌औंल्याई सम्पूर्ण सर्व साधारणको हितलाई मध्यनजर गर्दै तत्कालै सुधारका लागि निर्देशन गरियो ।

 

कैफियतहरु

  • केही पसलहरुमा खाद्य पदार्थ एवं पेय पदार्थको म्याद सकिएको पाइएको ।
  • कतिपय पसलहरुमा साईन वोर्ड नभएको ।
  • इजाजत पत्र प्राप्त गरेता पनि सबैले देखिने स्थानमा नराख्ने गरेको पाइएको ।
  • मदिरा र सुर्तीजन्य पदार्थ बेचविखन गर्न दर्ता भएको पसल र होटल/रेष्टुरेण्टहरुले अन्त: शुल्कको अनुमति पत्र नलिएको पाइएको ।
  • केही पसलहरुले इजाजत पत्रविना कारोबार संचालन गरेको पाइएको ।
  • केही पसलहरुले म्याद नाघेका र ननाघेका सामानहरु एकै ठाउँमा राखेको पाइयो ।
  • अधिकांश पसलमा मूल्य सूची नराखेको पाइयो ।
  • केही पसलहरुले घरेलु/वाणिज्यको इजाजत नविकरण नगरेको पाइयो ।

 

निर्देशनहरु

  • म्याद सकिएको खाद्य पदार्थ रोहवरमा नष्ट गरिएको, पेय पदार्थ डिलरबाट फिर्ता लिन निर्देशन दिइएको ।
  • सवै पसल/फर्म/उद्योगलाई अनिवार्य साईन वोर्ड राख्न भनिएको ।कतिपयले अनुगमनकैक्रममा साईन वोर्ड राखेका ।
  • व्यवसायी दर्ता इजाजत पत्र सबैले देखिने स्थानमा राख्न भनिएको ।
  • मदिरा र सुर्तीजन्य पदार्थ बेचबिखन गर्न अन्त: शुल्कको इजाजत लिएर मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको ।
  • व्यवसाय दर्ता नगरेका व्यवसायीलाई २०७४ साल चैत्र मसान्तभित्र अनिवार्य दर्ता गर्न निर्देश गरिएको ।
  • म्याद सकिएका सामानहरु तुरुन्तै छुट्टै स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन गरिएको ।
  • घरेलु/बाणिज्यको इजाजत नविकरण गर्न समेत निर्देशन दिइएको ।
  • सवै व्यवसायीले निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय