नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


बजार अनुगमनलाई निरन्तरता

आज मिति २०७४ साल असोज ०७ गते शनिवारकाका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. ७ को भोर्ले बजार, वडा नं. ६ को सरौंखोला तथा हुवास बजार र वडा नं. ४ को हुवास बजारमा रहेका करिब ३० वटा पसल, उद्योग, फार्मको इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोलीले स्थलगत अनुगमन गरी देखिएका कैफियतलाई जनताको वृहत्तर हितलाई ध्यानमा राखी तत्कालै सुधार गर्न निर्दशन गरियो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय