Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
GOVERNMENT OF NEPAL

District Administration Office, Parbat

Area Administration Office, Huwas, Parbat

Government of Nepal Logo
GOVERNMENT OF NEPAL

District Administration Office, Parbat

Area Administration Office, Huwas, Parbat

Thursday, Ashadh 11, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

सि.नं.

सेवाहरु

कागजातहरु

 

   १.

वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
  2. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएकोअनुसूची १ फाराम ।
  3. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र।
  4. हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
  5. नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
  6. सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
  7. बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र। 

महत्वपूर्ण जानकारीः

  • सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verifyगर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
  • नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
  • नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन ।
  • यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।  
  • नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

 

   २.

विवाहित महिला (वंशज नागरिकता)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
  2. पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
  3. पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।

 

    ३.

बसाई सराई गरी आउने (वंशज नागरिकता)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  2. स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  3. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र।
  4. विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।

 

 

 

 

     ४.

कर्मचारी परिवार (वंशज नागरिकता)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

 

 

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले संकेत नम्वर खुलेको कर्मचारी परिचयपत्र ।
  2. सम्वन्धित कार्यालयको सिफारिश पत्र (सक्कल)।
  3. सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान

 

   ५.

पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची  - १ फाराम।
  2. नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प.
  3. कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।
  4. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

 ६.

बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1.  फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको    अनुसूची–  १ फाराम।
  2. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र ।
  3. वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।

 

  ७.

कुमारी आमाको सन्तानको नागरिकता

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची  -१ फाराम।
  2. जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
  3. वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित ।
  4. आमाले सनाखत गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।

 

   ८.

जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानको नागरिकता

लाग्ने समय

 

सुल्क

 

जिम्मेवार कर्मचारी

 

गुनासो सुन्ने कर्मचारी

 

  1. सि.नं. १ मा उल्लेखित प्रकृया पूरा गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।

 

  ९.

वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला)

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएकाे अनुसूची–७ फाराम ।
  2. विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्वन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/Voter ID/दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति ।
  3. विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, दुतावासको पत्र आदि)।
  4. सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प.  । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने।
  5. भारत वाहेक मुलुकको हकमा निवेदकले हाल सम्मको अवधिभर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने । 
  6. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

 

  १०.

 

 

 

 

 

अङ्गीकृत नागरिकता लिनु अघि  जन्मिएका  सन्तानलाई  अङ्गीकृत नागरिकता

लाग्ने समय

सोही दिन निवेदकको तीन पुस्ते खुलाई सूचना सार्वजनिक गरिने र सात दिनभित्रमा निर्णय दिइने 

 

सुल्क

 

 

-

 

 

 

 

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची– ७ फाराम ।
  2. बाबु वा आमाले नेपाली नागरिकताको प्रमाणपत्र पेश गरी सनाखत गर्नुपर्ने।
  3. निवेदकको नाता प्रमाणित पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता वा जन्ममिति र जन्म स्थान खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
  4. नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
  5. नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण, आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

   ११.

 विदेशी नागरिकसंग विवाह गरेकी नेपाली   महिलाबाट   जन्मिएका सन्तानको नागरिकताको सिफारिश

लाग्ने समय

 

सुल्क

 

जिम्मेवार कर्मचारी

 

गुनासो सुन्ने कर्मचारी

 

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची– ७ फाराम ।
  2. आमाको नेपाली नागरिकता
  3. नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय निकायको सिफारिसपत्र
  4. बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा  
  5. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

    १२.

नागरिकता परित्यागको जानकारी

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. सक्कल नागरिकता प्रमाणपत्र, सक्‍कल राहदानी
  2. रितपुर्वक भरेको अनुसूची–९ फाराम ( फोटो सहित)
  3. विदेशी राष्ट्रबाट प्राप्‍त गरेको नागरिकता तथा राहदानी वा प्राप्‍त हुने अग्रिम जानकारी प्रत्र (No Objection Letter)
  4. आवश्यकता अनुसार अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

  १३.

 

 

 

पुनः नेपाली नागरिकता कायम गर्न

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा  निवेदन पेश गर्ने ।
  2. नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने ।
  3. विदेशको नागरिकता त्यागेको निस्सा ।
  4. विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
  5. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

 १४.

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
  2. पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र ।
  3. हालसालै खिचिएको फोटो २ प्रति । 

महत्वपूर्ण जानकारीः

  • सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
  • आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइआउनुपर्ने छ ।
  • नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ ।
  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

 

 

 

 १५.

 अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

 

 

गुनासो सुन्ने कर्मचारी  कार्यालय प्रमुख

 सि.नं १ को अतिरिक्त थप कागजात

  1. बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  2. स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  3. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
  4. निवेदकको नागरिकता प्र.प.  को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

 

  १६.

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 सि.नं १ को अतिरिक्त थप कागजात

  1. सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन
  2. विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
  3. उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा.
  4. वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
  5. नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र ।
  6. हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।
  7. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी जिल्ला प्रशासन कार्यालयमा निर्णयार्थ पेश गरी पठाइने । 

 

  १७.

 

 पतिको नाम राखी प्रतिलिपी लिन

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

अनूसूचीमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 सि.नं १ को अतिरिक्त थप कागजात

  1. पतिको नाम राखीपाँउ भन्ने निवेदन ।
  2. निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता 
  3. सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

 

 १८.

पतिको नाम हटाइ प्रतिलिपि लिन 

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१३/-को टिकट

 

 

 

 

सि.नं १ को अतिरिक्त थप कागजात

  1. पतिको नाम हटाइपाँउ भन्ने निवेदन
  2. सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प. ।
  3. माइति तर्फका वावु आमा वा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने।

 

 १९.

पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

अनूसूचीमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

 

 

सि.नं १ को अतिरिक्त थप कागजात

  1. पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन
  2. पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पतिसंगको विवाह दर्ता ।
  3. सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणितसहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

 

 

२०.

अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१३/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरीप्रतिलिपी जारी हुने ।
  2. अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने । 

 

 

 

       गुनासो तथा ठाडो उजुरी       

         सेवाहरू

 

   

        कागजातहरू

 

   २१.

  गुनासो वा ठाडो उजुरी सम्बन्धी निवेदन दिन     

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु. १०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सम्बन्धित निवेदको ना.प्र. का प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन।
 

सि.नं.

सेवाहरु

कागजातहरु

 

   २२.

आदिवासी,जनजाति,दलित प्रमाणित सिफारिस 

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सक्कल नागरिकता प्रमाणपत्र तथा  फोटोकपी ।
  2. निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिस भएको
  3. हालसालै खिचिएको  पासपोर्ट साइजको  फोटो २ प्रति ।

 

     २३.

नावालक परिचयपत्र 

 

लाग्ने समय

 

 

 

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. सक्कल  जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र। 
  2. सम्बन्धित वडा कार्यालयको सिफारिस भएको    अनुसूची    फाराम । 
  3. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी ।

 

    २४. 

 राहदानी  सिफारिस 

 लाग्ने समय

 

 प्रमाण पूरा भएकै दिन

 

सुल्क

सामान्य रु.५०००/-

 

द्रुत रु.१०,०००/-

 

जिम्मेवार कर्मचारी

लिलाबल्लभ काफ्ले (ना.शु.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सक्कल नागरिकता प्रमाणपत्र तथा  फोटोकपी ।
  2. नाबालक भए - नाबालक परिचयपत्र,जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र सक्कल तथा  फोटोकपी ।
  3. हालसालै खिचिएको  पासपोर्ट साइजको  फोटो ३/३ प्रति ।
  4. एम. आर. पी. फाराम भरेको २ प्रति
 

 

 

 


Last Updated : 2082-03-17 16:11:29

© All Rights Reserved to Area Administration Office, Huwas, Parbat .