Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७७ भाद्र १५ को COVID-19 सम्बन्धी जिल्ला प्रशासन कार्यालयको सूचना

2077-05-16

2077-05-16


Suchana_bhadra_15.jpg तस्बिर :

COVID-19 सम्बन्धी जिल्ला प्रशासन कार्यालयको जरुरी सूचना

पर्वत जिल्लमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै  जिल्ला संकट व्यवस्थापन समन्वय समिति (DCCMC) ले मिति २०७७ भाद्र १५ गते राति १२ बजेदेखि लागू हुने गरी निम्न निर्णयहरु गरेको हुदा सो को परिपालनाको लागि यो सूचना गरी गरिएको छ । 

१‍. यस जिल्लाभित्र प्रवेश गर्ने सबै सीमानाकाहरुमा चेकजाँच कडा गर्ने ।

२. विरामी, काजक्रिय, अत्यावश्यक सेवा र पास वा अनुमती लिएको व्यक्ति वा सवारी साधन वाहेक अन्यलाई जिल्ला प्रवेशमा रोक लगाउने । 

३. जिल्लामा सञ्चालन हुने सबै भाडाका सवारी साधनहरु हाल १ हप्तासम्म सञ्चालनमा रोक लगाउने । 

४. अन्य जिल्लाबाट यस जिल्लामाा कुनै व्यक्ति लुकिछिपि वा विना अनुमति आएको पाइएमा त्यस्ता व्यक्तिले पालिकाले भनेको स्थान वा क्वारेन्टिनमा कम्तिमा ७ दिन बस्ने र खर्च स्वयमले व्यहोर्ने । 

५.  बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी कामको सिलसिलामा घर-घर जानुपर्ने हुँदा यसबाट कोभिड-19 को संक्रमण फैलिने संभावना भएकोले हाललाई उनिहरुको काम रोक्न पालिकालाई लेखि पठाउने । 

६. यस जिल्लामा अन्यत्रबाट कोहि लुकिछिपि वा विना अनुमित आएको पाइएमा सम्बन्धित वडा वा पालिका वा नजिकको प्रहरीमा जानकारी दिन सबैमा अनुरिध गर्ने । 

पछिल्लो अपडेट गरिएको : 2082-03-17 16:11:29

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत .